बिटक्वैनको मूल्य ३० हजार डलरभन्दा तल झर्यो, क्रिप्टाेकरेन्सी बजारमा ९८ अर्ब डलरको गिरावट
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
891
Shares
काठमाडौं । बिटक्वैनको मूल्य गत जुन २२ यताकै कम ३० हजार अमेरिकी डलर भन्दा तल झरेको छ ।
बिटक्वैनको मूल्य घटेसँगै क्रिप्टोकरेन्सी बजारमा करिब ९८ अर्ब अमेरिकी डलर बराबरको गिरावट आएको छ ।
मंगलबार बिहान बिटक्वैनको मूल्यमा ६ प्रतिशत गिरावट आएको छ भने, अन्य क्रिप्टाकरेन्सीमा पनि करिब ९ प्रतिशतले गिरावट आएको छ ।
सोमबारको ठूलो बिक्रिका कारण मूल्यमा गिरावट आएको बताइएको छ । ठूलो माामा गिरवाट आएपछि क्रिप्टोकरेन्सीको बजारमा अहिले नै उल्लेखिय सुधार आउनेमा भने शंका गरिएको छ ।