arrow

विश्वासको मत लिने प्रयोजनार्थ तयारी पूरा, देउवाले विश्वासको मत लिने निश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
samsad-maatbivajan.jpg

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रयोजनार्थ संसद सचिवालयले मत विभाजनका लागि तयारी पूरा गरेको छ ।

देउवाले नेपालको संविधानमा धारा ७६ को उपधारा(६)बमोजिम आफूमाथि प्रनिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेश गरिसकेकाले संसद सचिवालयले मतदानको तयारी गरेको हो । संघीय संसद भवन वानेश्वरमा हुन लागेको मतदान र त्यसपछि मतविभाजनको परिणाम सभामुखले सुनाउने कार्यक्रम छ ।

पछिल्लो घट्नाक्रम अनुसार प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने निश्चित बनेको छ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्त ठाकुरले समेत देउवालाई विश्वासको मत दिने घोषणा गरेसँगै देउवाले विश्वासको मत पाउने निश्चित बनेको हो ।

विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक हुनेमा कांग्रेसको ६१ , माओवादीको ४८, जसपा उपेन्द्र यादव पक्षको २० र जसपा महन्थ ठाकुर पक्षको १२ गरी देउवाको पक्षमा १ सय ४१ मत पुग्ने निश्चित बनेको छ ।

त्यस्तै देउवालाई स्वतन्त्र जितेर माओवादी प्रवेश गरेका १ सांसद र राष्ट्रिय जनमोर्चाको १  सांसदले पनि मत दिंदैछन् । त्यस्तै एमालेका माधव नेपाल पक्षले यसअघि नै विश्वासको मत दिने बताइसकेका छन् । प्रतिनिधि सभामा २ सय ७१ सदस्य छन् । 


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ