arrow

ठूलो परिमाणमा लागुऔषध र पाँच लाख नगदसहित एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
laguaausad.jpg

पोखरा । कास्की प्रहरीले ठूलो परिमाणमा लागूऔषध र नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका वडा नं। १ बगरका ४९ वर्षका अर्जुन कुमार गुरुङ रहेका छन् ।

सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले बुधबार लागूऔषध र नगद बरामद गरेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

गुरुङको घरको कोठाबाट सुटकेस भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध डाईजापान ६७० एम्पुल, फेनेरागन ६७० एम्पुल, नुर्फिन ६७४ एम्पुल गरी जम्मा २०१६ एम्पुल, मोबाईल थान एक र नगद पाँच २१ ह्जार २०० रुपैयाँ नगद बरामद गरिएको डिएसपी हमालले बताए ।

पक्राउ परेका गुरुङलाई लागूऔषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धानको कार्य अघि बढाइएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ