arrow

सत्ता गठबन्धन बैठक : सरकार विस्तारबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
deuba-prachanda-yadhav-allince.jpg

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको छ । 

केही बेरअघि सुरु बैठकमा कोरोना महामारी नियन्त्रण, सरकार विस्तार, प्रधानमन्त्रीले सांसदबाट लिनु पर्ने विश्वासको मत र संसद सञ्चालन सम्बन्धमा छलफल हुने बताइएको छ । 

बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी छन् । 

देउवा प्रधानमन्त्री बनेपछि बसेको पहिलो सत्ता गठबन्धन बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् । 

उनले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएकै दिन २८ असारमा आफ्नो बाध्यता बुझिदिन देउवालाई आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ