arrow

बुटवलका वडीविल्डर उत्सवलाई अमेरिकामा भोटको आवश्यकता

logo
नारायण वली,
प्रकाशित २०७८ असार ३० बुधबार
utsav-shing१.JPG

रुपन्देही । अमेरिकामा विगत ७ वर्ष देखि बस्दै आएका बुटवलका उत्सव सिंहलाई यती वेला अत्यधिक भोटको आवश्यक परेको छ । अमेरिका स्थित टु वि फ्यूचर्ड मेगजिनले आयोजना गरेको नेचुरल प्रोफेसनल क्वालिफाईर वडीविल्डर प्रतियोगितामा पाँचौँ स्थानमा रहेकाले चौथो स्थानमा प्रवेश गर्नका लागि भोटको आवश्यकता परेको पारिवारिक स्रोतले बताएको छ ।

यसअघि अमेरिकाको टेक्सस राज्यको एलनमा जुलाई ३ मा भएको व्यावसायिक क्वालिफाईर वडीविल्डर नवदिक्षित र खुल्ला तर्फ दुवै समूहमा उनै बुटवलका उत्सवले दुई पटक सम्म स्वर्ण पदक प्राप्त गरी नेपालको गौरव बढाएका थिए । अमेरिकामा गएर यसरी भिड्नेमा नेपालका लागि हाल सम्म उनी मात्रै रहेको उनको परिवारको भनाई छ । 

क्वालिफाईड व्यावसायिक एथ्लेटिकको उपाधि व्यावसायिक कार्ड पाउने विजेता सम्भवतः पहिलो नेपाली उनै रहेको बुझिएको छ । टेक्ससको डालसमा बस्दै आएका उत्सवले २०१९ को अगस्ट २४मा त्यहाँ स्थित रहेको मेरिल्याण्ड राज्यको लरेलमा आयोजित एनपिसी क्यापिटल ग्राण्ड प्रिक्स प्रतियोगितामा तौल समुह अन्तर्गतको प्रतिस्पर्धामा जित हात पार्न सफल भएको वडीविल्डर उत्सवका बाबु महेन्द्र बहादुर सिंहले बताए ।

अहिले अमेरिकाको मस्कल र फिटनेस मेगजिनमा विजेता पश्चात् चित्रित हुनका लागि आयोजना गरिएको र प्रतिस्पर्धामा रहेकाहरूलाई जिताउन भोटको आवश्यकतालाई मुख्य रूपमा राखिएकाले पाँचौँ तहको दोस्रो स्थानमा रहेका उत्सव सिंहले विकसित मुलुकमा गृह जिल्ला रुपन्देही र आफ्नो देश नेपालमा बस्ने सम्पूर्ण नेपाली जनप्रेमीहरूको सहयोगले जित सुनिश्चित गरेर देश नेपाल र जनता नेपालीहरूको वीरतालाई स्थापित गर्नका लागि दैनिक अनलाइन भोट गर्न सबैलाई अनुरोध गरेका छन् ।

यही असार ३१ गते बुधवार हुने पाँचौँ तहको दोस्रो स्थानको प्रतिस्पर्धामा भोट माध्यम वाट जिताउन उनले सवैमा आग्रह समेत गरेका छन् । छोटो समयमा धेरै मत दिएर नेपालको जित हात पार्न सबैले चासो दिनुपर्ने उनको अपेक्षा रहेको छ । यद्यपि भोट पर्न परेमा UTSAV SINGH “Love to stay fit and travel. Highly ambitious and believe in smart work.”मा गएर भोट दिन सकिने खुलाइएको छ । 

नेपाल रहँदा उनले भक्तपुरमा आयोजना गरिएको मिस्टर भक्तपुर र मिस्टर वडीविल्डर अफ द इयर प्रतियोगितामा तौल समूहमा क्रमशः दोस्रो र तेस्रो भएका थिए । बुटवल उपमहानगरपालिका वडा नं.६ शान्ति पथमा घर भएका ३५ वर्षीय उत्सव अमेरिकामा यती वेला भोटबाट हुने हार तर जितको कसीमा रहेको उनकी आमा उषादेवी थान्जु सिंहले बताएकी छिन् । 

सन्तानको कान्छो छोरो तेस्रो मुलुकमा आयोजित प्रतिस्पर्धामा रहेको बताउँदै, आमा उषादेवीले उत्सवको जित नभई गृह जिल्ला रुपन्देही र देश नेपालको इतिहास कायम राख्नका निम्ति असार ३१ अर्थात् भोलि हुने पाँचौँ तहको प्रतिस्पर्धामा भोट दिएर विजयी गराउन अपिल गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ