अदालतको फैसला र १० बुँदे सम्झौताबारे छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
2.1k
Shares
काठमाडौं । सर्वोच्च अदालतको सोमबारको फैसला र एमालेको एकता कार्यदलको १० बुँदे सम्झौताबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक आज मंगलबार बस्दै छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकबाट केन्द्रीय समितिको बैठक मिति समेत तय गरिने बताइएको छ । यसअघि हिजो सोमबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजसम्मका लागि सारिएको थियो ।