arrow

१३ बर्षीया बालिका करणीको आरोपमा डाक्टर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २६ शनिबार
pakrau9.jpg

मोरङ । मोरङ पथरी शनिश्चरेमा १३ बर्षीया बालिकालाई करणी गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

बोदेबरसाई नगरपालिका सप्तरीका २८ बर्षीय डाक्टर राजेश शाहलाई ईलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको हो ।

मोरङको पथरी शनिश्चरेमा डेरा बस्दै आएका शाहाले पथरी शनिश्चरे बस्दै आएकी १३ बर्षीय बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा पक्राउ परेका हुन ।

मोरङ पथरी शनिश्चरेको एक चस्मा पसलमा कार्यरत आँखाका डाक्टर राजेश शाहलाई मंगलबार पक्राउ गरि अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायक उपरिक्षक कृष्ण खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ