arrow

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, विकास बैङ्कको शेयरमा आकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
nepal-stock-exchange-nepse_1617884544.jpg

काठमाडौं। धितोपत्र बजारमा आज विकास बैङ्क उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोबार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैङ्क उपसमूहको शेयरमा भने उल्लेख्य वृद्धि देखिएको हो । यस्तै, लघुवित्त, वित्त र जलविद्युत् उपसमूहको शेयरमा समेत राम्रै वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विकास बैङ्क उपसमूहमा ८९.५७ बिन्दुको सुधार भएको छ ।  नेप्से २३.९७ बिन्दुले उकालो लागेर दुई हजार ८२५.१० मा पुगेको छ । यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४१ बिन्दुले बढेर ५२९.६६ मा पुगेको छ । कूल २२३ कम्पनीको एक करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर रु चार अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि कूल बजार पुँजीकरण रु ३९ खर्ब २९ अर्ब ८६ करोड १४ लाख ४० हजार बराबर पुगेको छ । 

कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो  लागे । यस्तै, ११ उपसमूहको शेयर भने उकालो लागेका छन् । व्यापार २०.६ र अन्य उपसमूहको शेयर १२.०१ बिन्दुले ओरालो लागेको हो । त्यसैगरी, बैङ्किङ १७.८१, होटेल तथा पर्यटन १४.६५, विकास बैङ्क ८९.५७, जलविद्युत् ५२.०६, वित्त ६४.९५, निर्जीवन बिमा ४.२३, उत्पादन २३.८९, लघुवित्त ६८.२९, जीवन बिमा ४२.०२, सामूहिक लगानी कोष ०.०३ र लगानी १.१३ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा नेपाल बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु २१ करोड ५२ लाख ९१ हजार ५७ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १७ करोड ४६ लाख ४८ हजार ९५५, एनआइसि एशिया बैङ्क रु १६ करोड ७९ लाख ६४ हजार ५१५, नेपाल पूर्वाधार बैङ्क रु १३ करोड ९९ लाख २५ हजार २२८ र माथिल्लो तामाकोशी रु १२ करोड ९५ लाख ३६ हजार ९५२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार गुहेश्वरी मर्चेन्ट बैङ्क ९.४७, जोशी हाइड्रोपावर ५.७७, घलेम्दी हाइड्रोपावर ५.६६, यूनियन हाइड्रोपावर ५.२८ र मल्टीप्रपोज फाइनान्सका लगानीकर्ताले ५.०९ प्रतिशतले कमाए । उता कर्पोरेट डेभलपमेन्ट बैङ्क ३.६१, गुडविल फाइनान्सको ऋणपत्र १.९५, सानिमा लार्ज क्याप फन्ड १.९४, नेपाल दूरसञ्चार कम्पनी १.९२ र सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ