राष्ट्रिय सभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
1.4k
Shares
काठमाडौँ । राष्ट्रियसभाको बुधवारको बैठकमा ‘लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६-०७७’ पेश भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश गरे ।
यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरे।
राष्ट्रियसभाको अर्को बैठक असार २७ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।