arrow

३ बोरा गाँजासहित मकवानपुरका प्रजा दाजुभाइ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
praja-brothers.jpg

पर्सा । तीन बोरा गाँजासहित नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  

प्रहरीले मकवानपुर राक्सीराङ गाउँपालिका वडा नं ५ ताङराङ टोलका  प्रजा दाजुभाइलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्ष वीर बहादुर प्रजा र २० वर्ष सोमलाल प्रजा रहेका छन् । 

उनीहरूलाई पर्साको पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा गाँजा भेटिएको हो ।  

दुवैले पिठ्यूँमा ३ वटा बोराभित्र लागु औषध गाँजा ४० केजी बोकी ल्याएका थिए । 


गाँजा बरामद गरी दुवैलाई  नियन्त्रणमा लिएर लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ