arrow

अविवाहित महिलालाई किन पठाइन्छ नग्न पारेर खेत जोत्न ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
plough.jpg

काठमाडौं । मनसुनका समयमा सबैभन्दा आवश्यकता केहीको छ भने त्यो हो पानीको । जब पानी नै परेन भने खडेरी लाग्छ र खेतीपातीसमेत नहुँदा भोकमरी लाग्छ । पानी पार्नका लागि पूजाआजादेखि विभिन्न रिवाज अपनाउने गरिन्छ । 

त्यस्तै अपनाइएको थियो भारतमा । कुरा हो सन् १८७६ को । त्यतिबेला भारतमा अकाल लाग्यो । भोकमरी फैलियो । २ वर्षमै ५० लाख मानिसको ज्यान गयो । त्यसको दुई दशकपछि फेरि एक पटक भयंकर सुख्खा लाग्यो । 

यो बुन्देलखन्डबाट शुरु भएर बिहार, उत्तर प्रदेश, मद्रास र मुम्बई (पहिले बम्बे) सम्म खडेरी परेपछि थुप्रै जनसंखयाले बस्ती छाड्यो । यो शिलशिला चलिरह्यो । 

१९ औं शताब्दी आसपास किसानहरुलाई लाग्यो कि अकाल र खुख्खा हुनुको पछाडि भगवान् रिसाएर हो । देवताहरुको क्रोधलाई शान्त पार्नका लागि देशका विभिन्न भागमा प्रथा नै बनाइयो । 

त्यो प्रथा केवल वर्षाको कामना गर्नका लागि थियो । जसमा भ्यागुताहरुको बिहे गरिदिनु, महिलालाई नग्न बनाएर खेत जोत्न पठाउनु लगायतका थिए । 

बेलायती प्राच्य विलियम कुकका अनुसार सन् १८७३ देखि ७४ मा गोरखपुरमा अकाल भएपछि रातमा अविवाहित महिला नाङ्गै खेत जोत्ने गर्थिन् । 

कुकको पुस्तक ‘पपुलर रिजनल एन्ड फोक–लोर अफ नर्दन इन्डिया’ का अनुसार यो प्रक्रिया अपनाउँदा पुरुषहरुलाई टाढै राखिन्थ्यो । किसानहरुको मान्यता थियो कि यदि खेत जोतिरहेकी महिलालाई यदि कसैले देख्यो भने फेरि गम्भीर परिणाम भोग्नुपर्दछ । 

बिहार, यूपी र तमिलनाडुका केही ग्रामिण क्षेत्रमा यो प्रथा आज पनि चलिरहेको छ । उनीहरुको मान्यता छ कि वर्षाका देवतालाई लाज लाग्छ र उनले वर्षा पठाइदिन्छन् । 

त्यस्तै प्रथामा फोहरले नुहाउनु पनि एक हो । बस्तरको नारायणपुर इलाकामा मुन्डिया जनजातिमा एक रोचक प्रथा छ जहाँ भीम देवताको प्रतिनिधि बनाएर उसलाई गाईको गोबर र फोहरले ढाकिदिने चलन छ । जसले देवतालाई स्वास फेर्न गाह्रो भएर पानी पठाइदिन्छन् भन्ने मान्यता छ । 

कतै पानीले भरिएको भाँडोमा बसेर मन्त्रोच्चारणसहित पंडितले वर्षाको आह्वान गर्छन् भने कहीं बिरालोमाथि पानी छ्याप्ने चलन छ । नेपालमा पनि इन्द्र भगवान्को पूजा गर्नेदेखि भ्यागुताको बिहे गराइदिने चलन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ