arrow

गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

logo
रासस
प्रकाशित २०७८ असार १४ सोमबार
arrest-final.jpeg

चितवन। राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर  आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७-७८ मा निकुञ्जमा चोरी सिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो ।  

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–३ का ३०  वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । स्थानीय संरक्षणकर्मीहरूको सहयोगमा मगरलाई पक्राउ गरी नवलपुर जिल्ला अदालतसमक्ष हाजिर गराइएको अधिकारीको भनाइ छ । अदालतको आदेशअनुसार मगरलाई पुर्पक्षका लागि कारागार पठाइएको अधिकारीले बताए । 

आइतबार कारागार पठाइएका थापाको नाममा गैँडा मारेर खाग बिक्री गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा दुई तथा चितवन जिल्ला अदालतमा एउटा मुद्दा दायर गरिएको अधिकारीले बताए । थापासहित यस वर्ष गैँडा मुद्दामा २७ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ