arrow

अंशबन्डा विवादमा कान्छा छोराले गरे बाबुको हत्या

logo
निरञ्जन कुमार साह ,
प्रकाशित २०७८ असार ११ शुक्रबार
hatya-murder.jpg

जनकपुरधाम । धनुषामा एक युवाले अंशबन्डाको विवादलाई लिएर आफ्नै बुबाको हत्या गरेका छन्। धनुषा धाम नगरपालिका वडा नम्बर १ काशीपुर बस्ने  ७५ वर्षीय विशो यादवलाई आफ्नै कान्छो छोरा ३५ वर्षीय श्रीकृष्ण यादवले कुटपिट गरी हत्या गरेको  इलाका प्रहरी कार्यालय धनुषा धामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिएका छन्। 

राती आफ्नो दलानमा सुती रहेका बुवालाई कृष्णले मसला कुट्ने खलले प्रहार गरी हत्या गरेको धनुषा धाम इलाका प्रहरी कार्यालयका निरीक्षक ठाकुरले जानकारी गराए । धनुषा धाम इलाका प्रहरी कार्यालयका निरीक्षक ठाकुरका अनुसार केही दिन अघि परिवारमा अंशबन्डाको विषयलाई लिएर विवाद हुँदै आएको थियो । मृतक यादवका तीन छोरा रहेका छन् । त्यस मध्य जेठो छोरा गाउँमा बेग्लै बसिरहेका र माइलो छोरा काठमाडौँ मा बसिरहेका छन् ।

 धनुषा धाम इलाका प्रहरी कार्यालयका इन्चार्ज सुरेश ठाकुरले शुक्रवार बिहानै घटनाको अनुसन्धान गरी घटनामा संलग्न रहेका कान्छो छोरालाई पक्राउ गरेको बताए । 
 
अभियुक्तलाई घरबाटै पक्राउ गरिएको र मृतक यादवको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम भइरहेको धनुषा धाम इलाका प्रहरी कार्यालयका निरीक्षक सुरेश ठाकुरले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ