- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पौडी खेल्ने क्रममा तालमा डुबेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दीको रघुगंगा गाउँपालिका-१ का अन्दाजी २३ वर्षीय रमेश पुनको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित सेकुङ तालमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
सेकुङस्थित नेत्रप्रसाद राम्जाली पुनको भेडी गोठमा काम गर्ने रमेश मङ्गलवार भेडा चराउने क्रममा तालमा पौडी खेल्न जाँदा डुबेर हराएकोमा खोजी गर्दा तालको बिच भागमा मृत फेला परेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।