arrow

छायाँ संसद बोलाउने तयारीमा सभामुख !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
agni-sapkota2.jpg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले छायाँ संसद बोलाउन तयारी थालेका छन् ।  संसद विघटनपछि जनताका विषय उठ्ने थलो बन्द भएको निश्कर्षसहित सभामुख सापकोटाले छायाँ संसद बोलाउन तयारी थालेका हुन् ।

सभामुख सापकोटाले त्यसअघि छलफल गर्न भन्दै २८ जेठका लागि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसहितको सर्वदलीय बैठक बोलाएका छन् ।

संसद विघटन भएपछि सभामुख सापकोटाले पूर्व सभामुख तथा संविधानविद् तथा कानुनविद्हरुसँगसमेत छलफल गरिसकेका छन् । सो क्रममा देश र जनताका पक्षमा संविधानले दिएको अधिकार प्रयोग गरेर आफूले उचित निर्णय लिने सभामुख सापकोटाले बताएका थिए ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्व प्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका लागि निमन्त्रणा दिंदै पत्र पठाइएको जानकारी दिए । उनका अनुसार आगामी २८ जेठका लागि बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको हो ।

यसअघि सभामुख सापकोटाले संसद विघटनका विषयमा आफ्नो प्रष्ट धारणा सार्वजनिक गरिसकेका छन् । उनले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आएका छन् ।

दलहरुसँगको छलफलपछि सभामुखले छायाँ संसद बोलाउने विषयमा निर्णय लिने बताइएको छ । त्यसबीचमा उनले नागरिक समाज तथा पत्रकारहरुसँग पनि छलफल गर्न चाहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ