arrow

प्रतिनिधि सभा विघटन विरुद्धको रिट सुनुवाई गर्न वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
supreme-court-constitution-bench1623252382.jpg

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन गरेका छन् । 

जबराले यसअघि गठन गरेको संवैधानिक इजलासका विषयमा विवाद भएपछि वरिष्ठताका आधारमा इजलास गठन गर्ने निर्णय गरेका थिए । जबराले आइतबार बिहान  वरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् । 

जसअनुसार संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई तोकिएका हुन् ।
 
जबराले संवैधानिक इजलास पुनर्गठन गरेर आइतबारबाट प्रतिनिधि सभा विघटन सम्वन्धी मुद्दाको सुनुवाइ गर्ने यसअघि निर्णय गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ