arrow

कागजमा मृत सुवासको जीवित हुने आश, चाहर्दै प्रशासनको ढोका

logo
विवेक मिश्र,
प्रकाशित २०७८ जेठ १३ बिहिबार
subash.jpg

मोरङ । नेपाली मिडियाले विगत तीन वर्षदेखि लगातार प्रकाशन प्रसारण गर्न रुचि राखेको विषय मोरङका सुवास तामाङको घटना पनि हो । सुवास धेरै स्वदेशी तथा केही विदेशी मिडियामा छ्यापछ्याप्ती छाए । धेरै युट्युब च्यानलमा त उनको भिडियो ट्रेन्डिङमा नै पर्न सफल भए । सुवासलाई मिडियामा अन्तर्वार्ता दिन भ्याई नभ्याई हुन्थ्यो । आज उनलाई देश विदेशमा चिन्छन् । 

हाट बजार जाँदा कुनै चर्चित सेलीब्रेटि झैँ उनीसँग बोल्न अङ्कमाल गर्न सर्वसाधारण रुचाउँछन् । तर पनि सुवास खुसी हुन सकेका छैनन् । उनी हिजो आज निराश र तनावमा भेटिन्छन् । उनी हातमा मृत्यु दर्ता बोकेर का विभिन्न कार्यालयमा कागजात सच्याइदिन अनुरोध गर्दै भौँतारिरहेका छन् ।

यस कारण सुवास छाए मिडियामा, घटनाको नालीबेली यस्तो थियो  
मोरङको बेलबारी ११ लक्ष्मी मार्ग स्थित घर भएका सुवास तामाङ वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको हुन्डाई कम्पनीमा काम गर्न पुगे । उनको काम ठिकै चल्दै थियो एकाएक उनको लागी २०७२ साल असार २४ गते कालो दिन बन्न पुग्यो । सुवास घरमा पैसा पठाउनको लागी जेद्दा शहरको एउटा एटिएमतर्फ जाँदै थिए, उनी सँगै कम्पनीकै चार जना साथी पनि थिए । तर, उनीहरू एटिएम बुथसम्म पुग्न पाएनन् । त्यस दिनको घटना सम्झँदै सुवास भन्छन् “उनीहरू चढेको ट्याक्सीलाई एउटा ट्रकले ठक्कर दियो । यो भयानक दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भयो । गम्भीर चोटग्रस्त र अचेत अवस्थामा दुई जनालाई हेलिकोप्टरमार्फत अब्दुलअजिज अस्पताल पुर्‍याइयो । अस्पताल पुगेको भोलिपल्ट एक जनाको मृत्यु भयो । अस्पतालले खबर गरेपछि हुन्डाईका प्रतीनिधि अस्पताल पुगे । उनीहरूले भने, यो शव त सुवासको हो । अस्पतालले सुवास तामाङको मृत्यु भएको प्रमाणपत्र बनाइदियो । २८ दिनपछि शव नेपाल पठाइयो ।”

सुवासकी सन्तोषी तामाङ यसो भन्छिन् “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठको बाकसमा आएको त्यो शव लिन सुवासकी श्रीमती सहित उनका आफन्तहरू काठमाडौं  आएका थिए । रात भरी आफन्तहरूले रुघेर राखिएको त्यो शव भोलिपल्ट मोरङको बेलबारी स्थित घरमा लगियो र तामाङ संस्कार अनुसार उनको दाहसंस्कार गरियो ।” दुर्घटनामा परेका तीन जनाको अन्त्येष्टि भयो । एक जना कोमामा थिए । चौथो व्यक्ति अर्थात् बागलुङको ढोरपाटन नगरपालिका– ६ अधिकारी चोकका तेजेन्द्र भण्डारी कोमाबाट फर्किएलान्, साथीहरू जेद्दाको अब्दुलअजिज अस्पतालमा कुरिरहेका थिए । गम्भीर घाइतेको अनुहारमा पुरै पट्टि बाँधिएको थियो । तीन महिनासम्म उनी बेहोस नै थिए ।

तीन महिनापछि जब अब्दुलअजिज अस्पतालमा रहेका बिरामीको अनुहारको पट्टी खोलियो । साथीहरू चकित भए । मोरङका सुवास त जीवित नै रहेछन् । बागलुङका तेजेन्द्रको पो मृत्यु भएको रहेछ । दुवैलाई गम्भीर चोट लागेकाले साथीहरूको पहिचानमा ठुलो भूल भयो । यता मोरङमा अन्त्येष्टि गरिएका सुवास जीवित थिए । जीवित छन् भनेका बागलुङका तेजेन्द्रको अन्त्येष्टि भइसकेको थियो । त्यो पनि अर्कै परिवारबाट ।

कागजी जटिलता
वि.स.२०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भयो भनिएका सुवासको त्यसको १५ दिन भित्र बाकसमा शव आएको थियो । त्यसको लगत्तै सुवासको परिवारको साउन ४ गते भोजपुरको कुदाक काउले गाउँ विकास समितिको कार्यालयमा सुवासको मृत्यु दर्ता गरे । तर पछि सुवास स्वदेश फर्किएर आएपछि उक्त मृत्यु दर्ता सच्याउन जरुरी बन्यो । 

सुवास त्यही कागज बोकेर धेरै कार्यालय पुगे, सबैले उक्त कागज सच्याउन सहयोग गर्छौ भने तर कसैले अहिले सम्म गरिदिन सकेका छैनन् । सुवास भन्छन् जिल्ला प्रशासन कार्यालय मोरङ पनि पटक पटक यही कामको लागी पुगेको छु । प्रमुख जिल्ला अधिकारीलाई पनि पटक पटक भेटिसकेँ तर मेरो समस्या हल भएन । हाल मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले यो कागज सच्याइदिन सहयोग गर्ने भन्नुभएको थियो तर अहिले सम्म भएको छैन सुवासले बताए ।

यो पनि पढनुस् :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ