arrow

रामकुमारीको प्रश्न : यस्तोबेला चाहिएको छ ‘महाराज-महारानी’लाई चुनाव ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
Ramkumari-jhakri-new.jpg

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावको घोषणालाई सत्ताको अपराधिकरणको संज्ञा दिएकी छन् ।

शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि झाँक्रीको प्रतिक्रिया आएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई ‘एउटा अँध्यारो युगको सुरूवात’ भएको बताएकी झाँक्रीले शनिबार दिउँसो सामाजिक सजालमार्फत आफूहरुले अन्तिम समयसम्म संसद जोगाउन चाहेको बताएकी छन् । 

उनले लेखेकी छन्, ‘हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन। यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन,आइसीयू, भेन्टिलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ।’

‘यो सत्ताको अपराधिकरण हो। यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव ? जनताले हिसाबकिताब त पक्कै राख्नेछन्’ झाँक्रीले भनेकी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ