arrow

प्रतिनिधि सभा विघटन : कार्तिक २६ र मंसिर ३ मा चुनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
cabinet-KP.jpg
फाइल तस्विर।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी छिन् । पहिलो प्रतिनिधिसभा विघटनको घोषणालाई सर्वोच्च अदालतले ब्युँताएकामा त्यसको पूर्व विवरणसमेत बाहिर नआइसकेका अवस्थामा फेरि पनि राष्ट्रपति भण्डारीले अदालतको अपहेलना गर्ने गरी दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी हुन् । 

संविधानको धारा ७६ (५) बमोजिम विपक्षी दलको गठबन्धनको समर्थनसहित १४९ जना सांसदको हस्ताक्षर लिएर शुक्रबार अपरान्ह शीतलनिवास पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारमा दावेदारी दिएको भए पनि त्यसको बेवास्ता गर्दै राष्ट्रपति भण्डारी अवैधानिक प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष लिँदै संसद विघटन गरी कोरोना कहरका बेलामा फेरि चुनावको घोषणा गरेकी हुन् । 

यसअघि मध्यरातमा बसेको मन्त्रीपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेको थियो । बालुवाटारमा बसेको बैठकले कार्तिक २६ र मंसिर ३ गरी दुई चरणमा चुनाव गर्ने गरी प्रतिनिधि सभा विघटनको निर्णय गरेको थियो । 

मन्त्रीपरिषद्को निर्णय मध्यरातपछि राष्ट्रपति समक्ष सिफारिस गरी पठाइएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका थिए । त्यसलाई विलम्ब नगरी भण्डारीले संविधान र कानून कुल्चेर संसद भंग गरी चुनावको घोषणा गरेकी थिइन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ