arrow

मन्त्रिपरिषद् बैठकः प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्न सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
mantirparisad.jpg
तस्विरः राजन काफ्ले(प्रधानमन्त्रीको निजी सचिवालय)

काठमाडौं । संसदको विशेष अधिवेशन सकिएलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संचारकमीहरुलाई जानकारी दिएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो । बैठकपछि ओली राष्ट्रपति भवन शीतल निवास गएको वालुवाटार स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ