arrow

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि गरिने मतदानको तयारी पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
samsad-vote.jpg

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको छ ।

संसद सचिवालयका अनुसार मतदानका लागि तीनवटा लवीमा व्यवस्था मिलाइएको छ । हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था मिलाइएको छ ।

कोभिड संक्रमित सांसदहरुका लागि संघीय संसद भवनको ल्होत्से हलमा मतदानको व्यबस्था मिलाइएको छ । बैठकमा प्रधानमन्त्रीपछि अन्य दलका शीर्ष नेताहरुले बोल्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ