arrow

संसद् बैठक अघि कोरोना सङ्क्रमित भए यी २६ सांसद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
sanghiya-samsad.png

काठमाडौँ । वैशाख २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्नुअघि गरिएको कोरोना परीक्षणमा १ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

जसमध्ये प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभा एक जना गरी १९ जना सांसदको रिपोर्ट पोजेटिभ आएको संसद् सचिवालयले जनाएको छ ।

वैशाख २२, २३ र २४ गते तीन दिनमा १२ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको र १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिएका छन् । संघीय संसद भवन नयाँ वानेश्वरमा स्वाब लिनुअघि नै केही मन्त्री र सांसदलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

न्यौपानेले संचारमाध्यमहरुलाई उपलब्ध गराएको विवरण अनुसार १ सय ६० जना मध्ये १९ जना सांसद छन् । बाँकी संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिव, सुरक्षाकर्मी, मर्यादा पालक, संसदीय मामिला पत्रकार रहेका छन् । वैशाख २७ का लागि आह्वान गरिएको प्रतिनिधि सभाको विशेष अधिवेशनका कोरोना परीक्षण गरिएको हो ।

यी हुन् कोरोना पोजेटिभ देखिएका २६ सांसद

१  झलनाथ खनाल 
२ भानुभक्त ढकाल 
३ पार्वती डिसी चौधरी 
४ राजेन्द्र प्रसाद गौतम 
५।नन्दलाल रोका क्षेत्री 
६ लाल बाबु पण्डित 
७ लक्ष्मणलाल कर्ण 
८ नरमायाँ ढकाल 
९ रामबाबु यादव 
१० गोपाल बहादुर बम 
११ नमीता कुमारी चौधरी 
१२ शान्तिमायाँ तामाङ पाख्रिन 
१३ विना कुमारी श्रेष्ठ  
१४ रेनुका गुरुङ 
१५ जुली कुमारी महतो 
१६ रघुवीर महासेठ 
१७ किसान श्रेष्ठ 
१८ सुरेश कुमार राई 
१९ पुष्पा कुमारी कर्ण कायस्थ 
२० मुकुन्द न्यौपाने
२१ माया देवी न्यौपाने 
२२ बिना मगर 
२३ भरत कुमार शाह 
२४ प्रमोद शाह 
२५ दीपक प्रकाश भट्ट 
२६ महेश बस्नेत



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ