arrow

एनसेलले ल्यायो विभिन्न राहत प्याकहरू, सम्पर्कमा रहिरहन सहज हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
ncell-axiate-company-logo.jpeg
तस्बिर : फाइल

काठमाडौँ। कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितिमा आफ्ना ग्राहकहरूको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरूलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यका साथ एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत अफरहरू ल्याएको छ।

सञ्चार सेवामा पहुँच सदैव अत्यावश्यक छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य सङ्कटको अवस्थामा सञ्चार सेवामा निर्बाध पहुँच झनै महत्त्वपूर्ण हुन्छ। प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरू, र एनसेल सापटीमा विभिन्न थप सुविधा लगायतका राहत अफरहरूले अत्यावश्यक सञ्चार सेवामा सुलभ दरमा सहज पहुँच सुनिश्चित गर्न योगदान गर्दछ।

कोरोनाभाइरस रोगबाट बच्न अहिलेको अवस्थामा सामाजिक र भौतिक दूरी कायम गर्दै भिडभाडबाट टाढा रहनु आवश्यक छ। यी ग्राहकमैत्री अफरहरूले आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनि आपत्कालीन अवस्थाको समयमा आवश्यक सहयोग लिनका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ।

प्रत्येक रिचार्ज मा बोनस डेटा यस अफर अन्तर्गत ग्राहकले रु ५० वा सो भन्दा माथिको हरेक रिचार्ज मा बोनस डेटा पाउँछन्। रु ५० देखि रु ९९ को रिचार्ज मा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्दछन्  । बोनस डेटा १ दिनको लागि मान्य रहने छ। त्यसै गरी रु १०० देखि रु १९९, रु २०० देखि रु २९९, रु ३०० देखि रु ४९९ सम्मको रिचार्ज मा ग्राहकले क्रमशः रु १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रूपमा प्राप्त गर्दछन्। त्यसै गरी रु ५०० देखि रु ९९९ को रिचार्ज मा ग्राहकले ५०० एमबी बोनस डेटा तथा रु १००० वा सो भन्दा बढीको रिचार्ज मा ग्राहकले १००० एमबी डेटा बोनस स्वरूप प्राप्त गर्दछन्।

३० दिने डेटा प्याकमा डबल डेटा मङ्गलवार (वैशाख २१) बाट सञ्चालनमा आएको यस अफर अन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनस स्वरूप प्राप्त गर्दछन् । ग्राहकले कर सहित रु २४९ मा ३ दशमलव ५ जीवी डेटा लिन सक्छन् र त्यति नै डेटा भोल्युम बोनस अर्थात् कुल ७ जीवी डेटा पाउँछन्। त्यसै गरी कर सहित रु ३९९ मा ६ जीवी डेटा लिने ग्राहकले थप ६ जीवी बोनस गरी कुल १२ जीवी, रु ४९९ मा १० जीवी डेटा खरिद गर्नेले कुल २० जीवी डेटा पाउँछन्।

वर्क फर्म होम अफर यस विपद्को घडीमा कार्यालयको कामकाज तथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ । दैनिक डेटा प्याकमा ग्राहकले कर सहित मात्र रु ३१ मा २ जीवी एप डेटा प्राप्त गर्छन् र उक्त डेटा भोल्युम मार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मिट जस्ता प्लेटफर्म बिहान ६ बजे देखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ।

यसका साथै ग्राहकले १५० एमबी अल टाइम डेटा पनि प्राप्त गर्दछन्। त्यस्तै साप्ताहिक प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु १२७ मा १४ जीवी एप डेटा तथा ३ जीवी अल टाइम डेटा प्रयोग गर्न सक्छन्। ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी वर्क फर्म होम अफर अन्तर्गतका प्याक आफ्नो आवश्यकता अनुसार रोज्न सक्छन्। प्याक अन्तर्गतको निश्चित भोल्युम प्रयोग भइसकेपछि विद्यमान डेटा शुल्क लाग्नेछ।

डिजिटल प्लेटफर्म मार्फत प्याकहरूको खरिदमा बोनस तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि देशको विभिन्न जिल्लामा हाल लागु भइरहेको निषेधाज्ञाले गर्दा ग्राहकलाई बजारमा रिचार्ज कार्ड सहज रूपमा पाउन सम्भव छैन। यस्तो अवस्थामा ग्राहकले डिजिटल प्लेटफर्महरू एनसेल एप, च्याटबोट र वेबसाइट मार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सक्छन्। यसका साथै ग्राहकले डिजिटल प्लेटफर्म मार्फत सेवा खरिद गर्दा विभिन्न बोनसबाट पनि लाभ लिन सक्छन्।

१ दिनको प्याक (रु १८), ७ दिनको प्याक (रु ९८), १४ दिनको प्याक (रु १३९) खरिदमा १५० एमबी देखि २ जीवी सम्म बोनस डेटाको सुविधा रहेको छ। त्यस्तै ट्रिपल मजा प्याक अन्तर्गत ७ दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) को खरिदमा ० दशमलव ५ जीवी देखि ० दशमलव ७५ जीवी सम्म बोनसको फाइदा लिन सकिन्छ।

एनसेल सापटीमा विभिन्न सुविधा एनसेलले यस कठिन परिस्थितिमा ग्राहकको सञ्चार सेवाको  आवश्यकतालाई ध्यानमा राख्दै सापटी सेवामा थप सुविधाहरू दिएको छ। यो योजना लागु भएसँगै ग्राहकले अब सापटी सेवा अन्तर्गत पुरानै सेवा शुल्कमा रु ८० सम्म सापटी लिन सक्नेछन्। साथै ग्राहकले १२०० एमबी डेटा पनि सापटी अन्तर्गत लिन सक्छन् र यस सुविधाका लागि ग्राहकले डेटा सुल्क, सेवा शुल्क र कर सहित रु ८२.५५ पछि रिचार्ज गरी तिर्न सक्छन्।

सापटी सेवामै ग्राहकले १ दिनको समय सीमा रहेको १५ मिनेटको टक टाइम कुल रु १२.५५ मा र २०० एमबी डेटा रु २२.५५ लिन सक्छन्। आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स अपुग भएमा ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी सापटी लिन सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ