arrow

बाँदरको परिवार नियोजन गर्न आरजूको जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
arjurana-savapati.jpg

काठमाडौं ।  नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्नेमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजू राणा देउवाले जोड दिएकी  छन् ।  आइतबार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालीनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने धारणा राखेकी हुन् । 

उनले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको बताए । उनले छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने बताइन् ।

उनले भनिन् – ‘  बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे परिवार नियोजन गरेर दुई, तीन वर्षमा कम भयो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ