arrow

महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो – आरजू

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
arzu-deuba-2080-04-05.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजू राणा देउवाले महामन्त्रीको कार्यक्रम एनजीओको ‘विसलिष्ट’ जस्तो भएको आरोप लगाएकी छिन् । कांग्रेस केन्द्रीय समितिको बैठकको चौथो दिन शुक्रबार पहिलो वक्ताको रुपमा बोल्दै उनले महामन्त्रीको कार्यक्रममा असन्तुष्टि जनाएकी हुन् । 

उनले भनिन्, ‘यो पालिको महामन्त्रीको प्रतिवेदनमा त्यस्तो दूरगामी असर पर्ने या हाम्रो देशलाई हाँक्ने जस्तो केही कुरा पनि मैले यो पालि देखिन । म अलि अचम्मित पनि भएँ किनभने मैले चाहिँ महामन्त्रीको प्रतिवेदन भनेको राजनीतिक दस्तावेज हुन्छ होला भनेर सोचेको थिएँ । तर यो राजनीतिक दस्तावेज भन्दा पनि एउटा एनजीओको विसलिष्ट जस्तो मलाई लाग्यो ।’

उनले अगाडि भनिन्, ‘धेरै कार्यक्रम गर्ने तर कार्यक्रमको उलपब्धि के हो त ? र त्यो क्लियर भएन । र मलाई चाहिँ के सुझाव दिन मन लागेको छ भने तीन चार वटा कार्यक्रम गरौँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ