arrow

(अपडेट) स्तानबुल विमानस्थल आक्रमणमा कम्तीमा ३६ को मृत्यु, १४० बढी घाइते

logo
प्रकाशित २०७३ असार १५ बुधबार
attack.jpg.jpeg

स्तानबुल । टर्कीको राजधानी स्तानबुलस्थित मूख्य विमानस्थलमा आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा एक सय ४० जना घाइते भएका छन् ।
युरोपको सबैभन्दा व्यस्तमध्ये एक मानिने स्तानबुलको विमानस्थलमा तीनजना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदै बम विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको हो ।
आक्रमणकारीले अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको मूख्य प्रवेशद्धारमा आक्रमण गरेका हुन् । प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैंलाई विस्फोट गराएका थिए । आक्रमण योजनाबद्ध रुपमा भएको प्रहरी अधिकारीको दावी छ ।
घटना इस्टालिम स्टेट आइएसले गराएको संकेत मिलेको भन्दै टर्किस प्रधानमन्त्री बिनाली यिल्दिरिमले घटनाको निन्दा गरेका छन् ।
टर्किस राष्ट्रपति रिसेप टइप एर्डोगानले आक्रमणको निन्दा गरेका छन् । उनले आतंकवादविरुद्ध संयुक्त अभियानका लागि आह्वानसमेत गरेका छन् ।
आक्रमणपछि अटाटुर्क विमानस्थलमा जहाजको उडान तथा अवतरण रद्द गरिएको छ । सरकारी अधिकारीहरुले विमानस्थल वरपर नजान सर्वसाधारणलाई अपील गरेका छन् ।
गत वर्ष सरकार र कुर्द चरमपन्थीबीचको युद्धविराम भंग भएपछि टर्कीमा यस्ता आक्रमण हुँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ