arrow

जनचाहना विपरित कतै जान्न : मन्त्री खाण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ मंसिर २२ बुधबार
baal-krishna-khad.jpg.jpeg
कपिलवस्तु । रक्षामन्त्री बालकृष्ण खांणले आफु जन चाहना विपरित कतै नलाग्ने बताएका छन् । कपिलवस्तुको बुद्धरंगशाला जीतपुर चारनम्बरमा वुधवार  देखि शुरु भएको आठौ कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मन्त्री खाँणले पाच नम्बर प्रदेश नटुक्राउने पक्षमा आफु अहिले मात्र नभइ पहिले देखि लागी परेको दाबी गरे  । पाच नम्बर प्रदेश टुक्राउने गरी दर्ता गरिएको संबिधान संशोधन बिधेयकमा आफुले पार्टि र सरकार समक्ष फरक मत राखेर संर्घष गरिरहेको उनले बताए ।  
 
कतिपय नेताहरुले सरकारले रातीको समयमा संबिधान संशोधन प्रस्ताव दर्ता गर्नुको कारण मागिरहेको बेला मन्त्री खांणले आफ्नो विमतीको कारण दिउसोमा दर्ता गर्नुपर्ने प्रस्ताव रातीमा हुन पुगेको उनले बताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका  मन्त्री खाणंले देशमा दलिय सहमतीको आवश्यक्ता रहेकोमा जोड दिए  । आफु विद्यार्थी काल देखि राजनिति गरेकोले मन्त्रीको पद ठुलो नभएको तर जन चाहना विपरित कुनै काम नगर्ने स्पष्ट पारे । 
 
पहाड र तराई मिलेर बनेको प्रदेश देशकै उत्कृष्ट रहेको उनले बताए  । राजनितिक मुद्धालाई जनताको बिचमा ल्याई सामाजिक सद्भाव फैलाउन नहुने उनले तर्क राखे  ।सोहि समारोहमा बोल्दै सासंद अतहर कमालले नेकपा एमालेले जनता उचाल्ने काम गरेको आरोप लगाए  । एमाले प्रति निकै आक्रमक शैलीमा प्रस्तुत भएका सासंद कमालले कांग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपा र आफु सहित दुई स्वतन्त्र सासंदको बिचमा नवलपरासीको दाउन्ने देखि बर्दिया सम्मलाई लुम्बिनी तराई प्रदेश बनाउने विगतमै सहमती भएको ठोकुवा गरे  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ