arrow

अल जजिरा टीभीको कार्यालयमा इजरायली प्रहरीको छापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
ajlajira-israel.jpg

काठमाडौँ । इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टीभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताइएको छ ।

इजरायलका सञ्चारमन्त्रीले सोशल मिडियामा पोष्ट गरेको भिडियोमा पुलिस अधिकारीहरू अल जजिरा टीभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ ।

आइतबार इजरायली सरकारको मन्त्रिपरिषद्ले अल जजिरा टीभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको थियो ।

अल जजिरा टीभी नेटवर्कले इजरायली सरकारको राष्ट्रिय सुरक्षा खतराको दाबीलाई झूठो भनेको छ । अल जजिरा टीभी नेटवर्कको टोलीले पनि कानूनी जवाफको तयारी गरिरहेको छ । इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन् ।

इजरायलको नागरिक अधिकारको संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ ।

विदेशी प्रेस एसोसिएसनले इजरायली सरकारको प्रतिबन्धलाई प्रेस स्वतन्त्रतामा खतरा भएको भन्दै यो निर्णय फिर्ता लिन इजरायली सरकारलाई अपील गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ