arrow

भूमध्य सागरमा इजरेली व्यापारिक जहाज आक्रमण गर्ने हुथी विद्रोहीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
middle-east-map.jpg

काठमाडौँ। यमनको हुथी समूहले भूमध्य सागर पार गर्ने सबै इजरेली–सम्बन्धित व्यावसायिक जहाजहरूमा आफ्नो ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा गरेको छ । 

हुथी सैन्य प्रवक्ता याह्या सारियाले भूमध्य सागरमा इजरेलतर्फ जाने वा सम्पर्क राख्ने सबै जहाजहरू आफूहरूको आक्रमणको निशाना हुने बताए । 

प्रवक्ताले इजरेलले दक्षिणी गाजामा रफाह विरुद्ध आक्रामक सैन्य कारबाही शुरु गरे हुथीहरूले इजरेली बन्दरगाहहरूसँग सम्झौता गर्ने सबै जहाजहरू र कम्पनीहरूलाई निशाना बनाउने बताए । 

इजरेलले आफ्नो युद्ध बन्द नगरेसम्म र गाजा पट्टीमा नाकाबन्दी नहटाएसम्म हामी सैन्य वृद्धिलाई निरन्तरता दिन नहिचकिचाउने बताए । 

यमनको लामो गृहयुद्ध सन् २०१४ मा शुरु भयो । जब हुथी समूहले राजधानी साना र रणनीतिक रेड सी बन्दरगाह शहर होडेडाहसहित देशको उत्तरी भागमा आफ्नो नियन्त्रण कब्जा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ