arrow

अर्को सूचना जारी नभएसम्म कान्तिलोकपथ बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
chitlang-road-2080.jpg

ललितपुर ।  कान्तिलोकपथ  बन्द भएको छ । मर्मत सम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए ।

“काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याविन वाल पूर्ण रूपमा क्षति भएको छ । भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याविन वालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन । अर्को सूचना नभएसम्म यो सडक बन्द रहने छ”, उनले भने ।

मर्मत सम्भारका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टा मात्रै सवारीसाधन आवतजावतका लागि खुला गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ