arrow

कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम [फोटोफिचर]

logo
मनिष अर्याल, 
प्रकाशित २०८१ वैशाख १५ शनिबार
butwal-narayanghad-road-81-.jpg

बुटवल । वि सं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको ११३ किलोमिटर बुटवल नारायणगढ सडक खण्ड आजको दिनसम्म आइपुग्दा पाँच वर्ष नाघिसक्यो । 

बुटवल–नारायणगढको सडक सहरी भेगमा सिक्स लेन र जङ्गली क्षेत्रमा फोर लेन मा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो । एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर २०७५ सालमा सम्झौता भएको सडकको भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत पनि पुग्न सकेको छैन । 

पानी पर्यो त हिलो, घाम लाग्यो त धुलो । अहिले सर्वसाधारणले भोग्नु परेको समस्या नै यही छ । काम शुरु गरिएपछिको ६ महिनासम्म पूर्व तयारी नभएको भन्दै , त्यस लगत्तै कोभिड महामारीले सडकको कामलाई असर गर्यो । 

अहिले पूर्व र पश्चिम खण्डका केही ठाँउमा कालोपत्रे भइरहेको छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ।

ठेक्कामाथि ठेक्का र त्यसपछि गौंडे ठेक्का अनि च्याँखे ठेक्काका कारण कामले गति लिन सकेको छैन । त्यसको धुलोको असर त्यो क्षेत्रमा स्थानीयले त वर्षौँदेखि भोग्दै आइरहेकै छन् सवारीमा यात्रा गर्ने यात्रुलाईसमेत अट्टहास भइसकेको छ । 

धुलोका कारण दिउँसै लाइट बालेर सवारी चलाउनुको पीडा चालकलाईमात्र थाहा हुन्छ ।

अनि त्यहाँका होटलमा पुग्ने धुलोले कसले पो राम्रो खाना खान पाउला र । यसको बेथा जहाजमा सयर गर्ने सरकार र योजनाकर्तालाई हुने कुरै भएन । (नेपाल फोटो लाइब्रेरी) 

butwal-narayanghad-road-81-01-15 (1).jpg
butwal-narayanghad-road-81-01-15 (2).jpg
butwal-narayanghad-road-81-01-15 (3).jpg
butwal-narayanghad-road-81-01-15 (4).jpg
butwal-narayanghad-road-81-01-15 (5).jpg
butwal-narayanghad-road-81-01-15 (6).jpg
butwal-narayanghad-road-81-01-15 (7).jpg
butwal-narayanghad-road-81-01-15 (8).jpg
butwal-narayanghad-road-81-01-15 (9).jpg
butwal-narayanghad-road-81-01-15 (10).jpg
butwal-narayanghad-road-81-01-15 (11).jpg
butwal-narayanghad-road-81-01-15 (12).jpg
butwal-narayanghad-road-81-01-15 (13).jpg
butwal-narayanghad-road-81-01-15 (14).jpg
butwal-narayanghad-road-81-01-15 (15).jpg
butwal-narayanghad-road-81-01-15 (16).jpg
butwal-narayanghad-road-81-01-15 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ