arrow

प्रदेश प्रमुखलाई गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीको पत्र [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
kedar-karki-province-1.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेका छन् ।

मुख्यमन्त्री कार्कीले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर पत्र बुझाउँदै गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका हुन् ।

कार्की संविधानको धारा १६८ (५) अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी केन्द्र र एमालेले उनलाई हटाउने प्रयास गर्दै चैत २६ मा समर्थन फिर्ता लिएका थिए ।

त्यसपछि प्रदेश सभाको विशेष अधिवेशनमार्फत वैशाख २५ भित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्तावसमेत पास गराएका थिए । 

तर मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संविधान विपरीत भएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान राख्दै आएका छन् ।

पत्रमा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई अवगतार्थसमेत गरेका छन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई लेखेको पत्र–

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ