arrow

कोशीमा मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
oath-hikmat-karki-81.jpg

मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बिहीबार रामबहादुर राना र गणेश उप्रेतीले मन्त्री पदको शपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन् । 

यसअघि मुख्यमन्त्री कार्कीले राना र उप्रेतीलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी रहेको छ ।

यसअघि बिहीबारै कार्कीले दाबी प्रस्तुत गरेसँगै प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

यता निवर्तमान मुख्यमन्त्री केदार कार्की भने संविधान विपरीत नयाँ सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा रिट लिएर गएका छन् । 

उनले आफू नै संविधानअनुसार मुख्यमन्त्री रहेको भन्दै अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ