arrow

जितपछि ओलीको अँगालोमा सुहाङ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
oli-suhang-2081.jpg

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम २ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् । 

इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन् । ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिएका छन् । 

एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्ने छन् । सुहाङ २७ हजार ७७२ मत पाएर विजयी भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ