arrow

एमाले नेता विदुरको बलात्कार मुद्दा मिलाउन दुई करोडको प्रलोभन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
bidur-sharma-rapep-uml-dola.jpg

काठमाडौँ । जागिरको प्रलोभन दिएर किशोरी बलात्कार गरेर फरार रहेको आरोप लागेका दोलखाका एमाले नेता विदुर शर्माविरुद्ध प्रहरीमा दर्ता भएको उजुरी फिर्ता लिई मुद्दा मिलाउन शर्मा निकटहरु मोटो रकम बोकेर सक्रिय भएका छन् । 

दोलखा जिल्ला घर भई हाल भक्तपुरको बालकोट बस्ने शर्माविरुद्ध दरबारमार्ग प्रहरी वृत्तमा बलात्कार आरोपमा गत बिहीबार उजुरी परेको थियो । उजुरी उपर प्रहरीले समयमै कारबाही गर्न ढिला गर्दा शर्मालाई भारत भगाइएको शर्मा निकट युवा संघका एक नेताले बताए । 
 
जागिरको विषयमा कुरा गर्नुछ भनेर सुन्धाराको एक रेष्टुरेण्टमा खाना खुवाइ ठमेलस्थित एक होटलमा मदिरापान गराएर बलात्कार गरेको उजुरी परेको दरबारमार्ग प्रहरीले बताएको थियो । 

तर उजुरी उपर प्रहरीले जुन तदारुकता देखाउनु पर्ने थियो त्यो नदेखाउँदा आरोपी फरार भएका हुन् । पीडक आफैँ समर्पण गर्ने अपेक्षा गरेर प्रहरीले समयमै कारबाही नगर्दा शर्मा फरार भएका थिए ।

एमाले र माओवादी केन्द्रका केही नेताले प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयमार्फत प्रहरीलाई दबाबमा राखी पीडक शर्माविरुद्ध कारबाही ढिलो गराउन सक्रिय भएका थिए । 

उनीहरुको सहयोगमा शर्मालाई भारत जाने प्रबन्ध मिलाइएको शर्मा निकट युवा संघका एक नेताले बताए । शर्माविरुद्ध उजुरी परे लगत्तै केस फिर्ता लिन पीडित युवतीलाई ५० लाख रुपैयाँको अफर गरिएको थियो । 

शर्माको तर्फबाट यो अफर उनका साथीहरु राजेश श्रेष्ठ, वसन्त लामा र सज्जन लामाले गरेका थिए । यद्यपि यो अफरलाई धनकुटाकी पीडित युवतीले अस्वीकार गर्दै कानूनी प्रक्रियामै जानेमा अडिग रहेकी थिइन् । 

त्यसपछि पनि शर्माका सहयोगी साथीहरु अहिले दरबारमार्ग प्रहरी र पीडित युवतीका पक्षलाई मिलाउन भन्दै दुई करोडको लोभ देखाएर हिँडेको पीडित युवती निकटले बताएका छन् । दुई करोडमध्ये एक करोड पीडित युवतीलाई र एक करोड प्रहरी र सरकारी वकिल कार्यालयमा खर्च गर्ने गरी शर्माका ती साथीहरु अहिले दरबारमार्गतिर दौडधुपमा लागेका छन् ।  

शर्माले धनकुटाकी पीडित १९ वर्षे किशोरीलाई सँगै खाना खाने भनेर काठमाडौँको सुन्धारास्थित रेस्टुरेन्टमा १९ गते बुधबार लगेका थिए। त्यसपछि जागिर लगाइदिने भन्दै ठमेलस्थित विश्वनाथ होटलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीको जाहेरीमा उल्लेख छ । सीसी टीभी फुटेजमा पनि ती युवतीलाई होटलमा लगेको देखिएको प्रहरीले जनाएको छ। 

दोलखाका एमाले नेता शर्मा मिटर ब्याज काण्डमा पनि विवादमा मुछिएका थिए । एमालेभित्र पनि विवादित छविका शर्मा हालै सम्पन्न एमाले दोलखाको अधिवेशनमा उपसचिवमा पराजित भएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ