arrow

चार वर्षमै तेस्रो ठूलो रेमिट्यान्स कम्पनी बन्यो ईसेवा, राष्ट्र बैंकबाट सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
rastrabank-81-01-14.jpg

काठमाडौँ । भुक्तानी सेवा प्रदायकको रुपमा अग्रणी रहेको ईसेवा रेमिट्यान्स आप्रवाहमासमेत उत्कृष्ठ बन्दै गएको छ । स्थापनाको छोटो समयमै ईसेवा मनि ट्रान्सफर रेमिट्यान्स कारोबारको आधारमा तेस्रो नम्बरमा पुग्न सफल भएको हो । 

शुक्रबार नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव समारोहमा ईसेवाले सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनीको सम्मान पाएको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले ईसेवा मनि ट्रान्सफरलाई उत्कृष्ठ मनि ट्रान्सफरको सम्मान प्रदान गर्ने घोषणा गरे । 

ईसेवाले आर्थिक वर्ष २०७९–८० मा रेमिट्यान्स कम्पनीको तर्फबाट आएको रेमिट्यान्सको १२.१ प्रतिशत हिस्सा ओगट्न सफल भएको हो  । ईसेवा भन्दा अगाडि सिटी एक्सप्रेस आईएमई २७.५ प्रतिशत र मनि ट्रान्सफर १४।९ प्रतिशत सहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

ईसेवाले रेमिट्यान्स कम्पनीको रुपमा २०७७ जेठदेखि मात्रै काम थालेको हो । अहिले यो कम्पनी चार वर्षमा चलिरहेको छ । तर लामो समयदेखि सञ्चालनमा रहँदै आएका कम्पनीलाई ईसेवाले जितेको छ ।

वार्षिकोत्सव कार्यक्रममा ईसेवाले उत्कृष्ठ भुक्तानी सेवा प्रदायकको सम्मानसमेत पाएको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले ईसेवालाई यस्तो सम्मानको घोषणा गरे । ईसेवासँगै अर्को भुक्तानी सेवा प्रदायक खल्तीले पनि यो सम्मान पाएको छ ।

अहिले बजारमा ३६ वटा रेमिट्यान्स कम्पनीले राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त गरी कारोबार सञ्चालन गर्दै आएका छन् । त्यस्तै १० वटा भुक्तानी सेवा सञ्चालक र २७ वटा भुक्तानी सेवा प्रदायक संस्था रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ