arrow

हैदराबादको जितमा पूर्णविराम, घाइते बैंगलुरू हावी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
ipl-2024-rcb-cheers.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा कीर्तिमानी टिम सनराइजर्स हैदराबादको जितमा पूर्णविराम लागेको छ । पछिल्ला खेलहरुमा उच्च योगफल बनाउने कीर्तिमान बनाइरहेको हैदराबाद पुछारको रोयल च्यालेन्जर्स बैंगलुरूसँग ३५ रनले पराजित भएको हो । 

खेलमा पहिले ब्याटिङ गरेको बैंगलुरूले ७ विकेटको क्षतिमा २०६ रन बनायो । विराट कोहलीले ४३ बलमा ५१, रजत पटिदारले २० बलमा ५० तथा क्यामरुन ग्रिनले २० बलमा ३७ रन बनाए । जयदेव उनादकतले ३ विकेट लिए । 

जवाफमा हैदराबादले ८ विकेटको क्षतिमा १७१ रन बनायो । शहबाज अहमदले ३७ बलमा अविजित रहँदै ४० तथा अभिषेक शर्माले १३ बलमा ३१ रन बनाउन सके । 

क्यामरुन ग्रिन, स्वप्निल सिंह र कर्ण शर्माले २–२ विकेट लिए । 

अंक तालिका
८ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स शीर्ष स्थानमा रहेको छ । कोलकाता नाइट राइडर्स ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

सनराइजर्स हैदराबाद ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । 

लखनउ सुपर जाइन्टस ८ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा छ । 

दिल्ली क्यापिटल्स ९ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा छ । गुजरात टाइटान्स ९ खेलबाट ८ अंकसहित सातौैँ स्थानमा छ । मुम्बई इन्डियन्स ८ खेलबाट ६ अंकसहित आठौँ स्थानमा छ । 
प्लेअफ होडबाट बाहिरिएको पञ्जाब किंग्सको ८ खेलबाट ४ तथा रोयल च्यालेन्जर्स बैंगलुरूको ९ खेलबाट ४ अंक छ । 

आजको खेल
आजको खेलमा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्स खेल्दैछन् । खेल बेलुकी ७ः४५ बजेदेखि इडेन गार्डेनमा शुरु हुँदैछ । 

प्लेअफ नजिक रहेको कोलकातालाई यो खेल जित्दा थप सहज हुनेछ भने पञ्जाब प्लेअफ सम्भावनाबाट बाहिरिइसकेको छ । 

हैदराबाद यो सिजन सर्वाधिक रन बनाउने टिम बनेको छ । आक्रामक ब्याटिङ गर्दै आएको छ । प्लेअफका लागि बलियो दाबेदारी दिइरहेको हैदराबादले घरेलु मैदानमा सबैभन्दा कमजोर बैंगलुरूमाथि फराकिलो जित हासिल गर्ने अपेक्षा गरिएको छ । 

तर बैंगलुरूलाई गुमाउन बाँकी केही पनि नरहेकाले खुलेर खेलेर हैदराबादलाई झड्का नदेला भन्न सकिन्न । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ