arrow

उर्मिला अर्यालले दिइन् राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
urmila-aryal-rastriyasabha-vp.jpg

काठमाडौँ।  राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । 

उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष बिहीबार राजीनामापत्र बुझाएकी हुन् ।

अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

उनले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन् ।

अर्याल माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । अहिले राष्ट्रियसभा अध्यक्ष पनि माओवादी केन्द्रबाटै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ