arrow

राष्ट्रिय सभा ‍अध्यक्षमा निर्वाचित भएपछि दाहालले यसो भने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
narayan-dahal-maoist-upper-house-1.jpg

काठमाडौँ ।राष्ट्रिय सभा अध्यक्षमा नवनिर्वाचित नारायण दाहालले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

मंगलवार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओझापूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताए ।

उनले भने – ‘भोलिको दिनमा म आफ्नो ठाउँबाट जे उद्देश्यका साथ, जे प्रतिवद्धताका साथ र जे चाहना र भावनाका साथ मलाई यो ठाउँमा पुर्‍याउनुभएको छ, म त्यो काम पूरा गर्नको निम्ति तयार रहनेछु ।'

उनले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कानून निर्माण लगायत हरेक कामलाई गम्भीरताका साथ लिएर अगाडी बढ्ने बताए । 

उनले विभिन्न पार्टीसँग आबद्ध राष्ट्रिय सभा सदस्यहरूलाई एकताबद्ध बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ