arrow

धावनमार्ग छोडेर झाडितिर यसरी जोतियो यतिको विमान

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
biman-yetiko.jpeg
लुम्बिनी। यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटनामा परेको छ। पांग्रामा समस्या आएपछि अपराह्न दुर्घटनामा परेको विमानमा सवार चार यात्रु सामान्य घाइते भएका छन्। काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको नाइन–एन एआइडी  जहाज अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो।
 
विमान धावनमार्ग छोडेर १ सय ५० मिटर दक्षिणतर्फ पुगेको छ । जम्मा १९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ।  दुर्घटनास्थल पुगेर नेपाली सेना, विमानस्थलका सुरक्षा अधिकारीलगायतले उद्धार गरेका छन् । थप विवरण आउन बाँकी रहेको नागरिक उड्डयन कार्यालय भैरहवाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ