arrow

एमसीसीमा चीनको चेतावनी र कम्युनिष्ट चरित्र

logo
महेश्वरी कुँवर,
प्रकाशित २०७८ फागुन ७ शनिबार
maheshwari-kunwar-nsu.jpg

नामधारीहरुको गैरजिम्मेवारी, बहुचरित्र, विचार बिहिनता र अन्धवादका कारण हाम्रो देश अन्तर्राष्ट्रिय शक्ति संघर्षको मैदान हुनेतर्फ प्रस्थान हुँदैछ भन्ने कुरा प्रतीत हुन थालेको छ। 

आज बेइजिङले नेपालको सन्दर्भमा दिएको धम्कीपूर्ण धारणाले के कुराको संकेत गर्छ भने हाम्रा प्रमुख नेता र पार्टीहरुले विकास परियोजना एमसीसीका सन्दर्भमा चाँडोभन्दा चाँडो सहमतिको विन्दु नखोजेर गिजोली बस्ने हो भने हाम्रो राजनीति लामो समयसम्म अस्थिर रहने तथा भड्काउ हुने छ ।

त्यसैपनि आन्तरिक राजनीति बालुवाटारदेखि, सदन र सडकसम्मै तनावको स्थितिमा पुगेको छ। अन्तर्राष्ट्रिय तनावहरु पनि थपिए हाम्रो विकास, समृद्धि र सामाजिक न्यायको उद्धेश्य वर्षौंपछि धकेलिने छ ।

आज सडक किन अप्रत्याशित रुपमा भड्किएको छ ? किन बेइजिङले नेपालको आन्तरिक मामिलालाई टेकेर वासिङ्टनलाई धम्की दिन आइपुगेको छ ? वासिङ्टनले किन नेपालको सडकमा हिंसा सह्य नहुने धारणा दिनुपरेको छ ? 

यो सबैको एकमात्र कारण नेपालका तथाकथित कम्युनिष्टहरु र उनीहरुको प्रवृत्ति हो ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ। कांग्रेस नै त्यस्तो शक्ति हो जसले इतिहासदेखि देशलाई प्रत्येक विषमताबाट जोगाएको छ । बाहिर ल्याएको छ । 

तसर्थ नेपाली कांग्रेसले देशलाई यो विकास परियोजना एमसीसीको नाममा तथाकथित कम्युनिष्टहरुद्वारा सिर्जना हुन लागेको आन्तरिक र बाह्य द्वन्द्व र तनावहरुलाई रोक्न र छेक्न गम्भीर पहल गर्ने नै छ । गर्नेछ।

तत्काल, देश र जनताको सार्र्वभौम संसदले यो परियोजनाको छिनोफानो गर्ने वातावरणको निश्चितता गर्दै देशलाई आन्तरिक र बाह्य राजनीतिको तानातानबाट निकालियोस् । 

नत्र देश तथाकथित कम्युनिष्टहरुका कारण पुनः अशान्त र अस्थिरताको भुमरीमा फस्ने देखियो । (कुँवर नेपाल विद्यार्थी संघकी पूर्व  महामन्त्री हुन् । ) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ