arrow

मोरङ बेलबारीमा कोरोना संक्रमितको मृत्यु 

logo
विवेक मिश्र,
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
dead2.jpg

मोरङ । कोरोना संक्रमणबाट मोरङको बेलबारी २ का एक जना पुरुषको मङ्गलवार बिहान मृत्यु भएको छ ।

अन्दाजी ६२ वर्षीय ती पुरुष होम आइसोलेसनमा रहेका थिए । उनको मृत्यु भएको बिहान ५ बजे खबर प्राप्त भएको र उनको अन्तिम संस्कार स्थानीय व्यवस्थापन वा नेपाली सेनाबाट गराउने भन्ने विषयमा तयारीमा आफूहरू जुटेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिएका छन् । 

यसैबिच बेलबारीमा कोरोना संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । सोमबार मात्र ५ जनाको एन्टिजोन परीक्षण गरिएकोमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

सोमबार बेलबारी वडा नम्बर ४ का दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । आइतबार मात्र १० जनाको एन्टिजोन परीक्षण गरिएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । 

यो सँगै बेलबारी वडा नम्बर ४ र वडा नम्बर ३ मा संक्रमितको सङ्ख्या ५ । ५ गरी १० पुगेको छ । जना संक्रमित थप ४ जनाको पिसिआर परीक्षणका लागि पठाइएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिएका छन् ।

बेलबारीमा तीव्र गतिमा कोरोना फैलिएको भन्दै सचेत रहन र सावधानी अपनाउन बेलबारी नगरपालिकाले  नगरवासीहरूमा आग्रह समेत गरेको छ ।

 बेलबारीमा पहिलो चरणमा ३ सय पिसिआर र ३ सय बढी आरडीटी गरिएकोमा २ सय ५० जना कोरोना पोजेटिभ देखिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ