arrow

गस्तीमा रहेका असईको चट्याङ लागेर मृत्यु 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
mahadev-thakur-asai.jpg

झापा । पानीसँगै परेको चट्याङ लागेर झापामा एक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक असई ४५ वर्षीय महादेव ठाकुर रहेको  जिल्ला प्रहरी प्रवक्ता  डिएसपी राकेश थापाले जानकारी दिएका छ्न् । 

मृतक प्रहरी  किचकवध प्रहरी चौकीमा कार्यरत थिए । सोमबार राति करिब ९ः४५  बजे झापाका विभिन्न भूभागमा हावाहुरीसहित पानी परेको थियो ।

 सोही समयमा ड्युटीमा रहेका असई ठाकुर पानीबाट जोगिन किचकवधको बस्ती नजिकै एक छाप्रो मुनि गएर ओत लागेका थिए । सोही बेला परेको चट्याङ लाग्दा असई गम्भीर घाइते भएका थिए ।

घाइते ठाकुरलाई  उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटल पुर्याइएको थियो । उनलाई उपचारका लागि अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरिदिएको डीएसपी थापाको जानकारी दिएका छ्न् ।
  
असई ठाकुर महाभारा प्रहरी चौकीमा दरबन्दी रही किचकबध प्रहरी चौकीमा कार्यरत थिए । उनी एक महिना अघिमात्र काजमा किचकवध प्रहरी चौकीको जिम्मेवारी सम्हाल्न आएका थिए ।

उनी मोरङ जिल्ला विराटनगरका स्थायी वासिन्दा हुन् । उनी २०५१ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनको शव मेची अस्पताल भद्रपुरमा राखिएको र पोस्टमार्टम पश्चात् परिवारलाई  बुझाइने प्रवक्ता थापाले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ