arrow

दमकल छाडेर जनप्रतिनिधि विलासी गाडीको मोहमा, प्रकोपमा बर्सेनि अकल्पनीय क्षति 

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
damkal-fire-brigade.gif

मोरङ । प्राकृतिक प्रकोप आगलागी भए नियन्त्रण गर्ने दमकल पर्याप्त नहुँदा मोरङमा आगोलागीबाट हुने क्षति बर्सेनि बढ्दो छ । जिल्लाका १७ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा मात्र दमकल छन् । 

४ नगरपालिका र ७ गाउँपालिकामा अझैपनि दमकलविहीन छन् । प्रत्येक नगरपालिकामा दमकल हुनुपर्ने नीति भए पनि नभएका स्थानीय तहले ध्यान दिन सकेका छैनन् । 

बदलामा विलासी गाडी खरिद गर्ने, भाडामा लिएर चढ्ने र अन्य महंगा विलासी सवारी खरिद गरेका स्थानीय तहले दमकल खरिदमा भने त्यति चासो देखाएको पाइँदैन । 
 
निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको बजेटबाटै विलासी साधन खरिद गरी चढिरहेका छन् । तर विगतदेखि नै ठूलो समस्याका रूपमा रहेको आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरण गर्न भने गम्भीर भएका छैनन् । 
 
हावाहुरीको मौसम शुरु भए पनि आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्किएको छ । दमकल नहुँदा जिल्लामा बर्सेनि आगलागीका दर्जनौँ घटना हुने गरेका छन् ।

आगलागीबाट बर्सेनि करोडौं मूल्य बराबरका सम्पत्तिसमेत नष्ट हुने गरेको छ भने मानवीय क्षतिसमेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

मोरङमा चालु आर्थिक वर्षमा आगलागीबाट २ करोड ४८ लाख ३१ हजार ५ सय  बरावरको क्षति भएको छ भने ४ जना घाइते भएका छन् । 

३९ घर, ११ गोठ र ११ चौपाय जलेका छन् । मोरङ प्रहरीका अनुसार चैत्र महिनामा मात्रै  १५ वटा आगलागिका घट्ना घटेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपि सन्तोष खड्काले बताए ।  

मोरङका बिराटनगर माहनगरपालिका, शुन्दरहरैचा,बेलबारी, उर्लाबारी, लेटाङ ,रगेलि नगरपालिका र कानेपोखरी गाउँपालिका बाहेक अन्य स्थानीय तहमा अझै दमकल छैन । 

रतुवामाई, सुनवर्षी पथरीशनिश्चरे नगरपालिका, कटाहरी, केरावारी ग्रामथान, जहदा, धनपालथान, बुढिगँगा, मिक्लाजुङ लगायतका पालिकाहरुमा अझै दमकल छैन । 

हावाहुरीको मौसममा आगलागीका घटना बढी हुने गरे पनि नियन्त्रणका लागि दमकल नहुँदा लाखौं रुपैयाँको क्षति ब्यहोर्न स्थानीय बाध्यकारी अवस्थामा छन् ।

यतिबेला हावाहुरी चल्ने, आगलागी हुने समय भएको हुँदा स्थानीय तहमा आवश्यक दमकल नहुँदा कतै आगलागी भएको खण्डमा समयमै नियन्त्रण गर्न नसक्दा थप क्षति हुने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ