arrow

सुनसरीमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
sunsari.png

धरान । जिल्लामा कोरोना संक्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि यही २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए ।   
 
 यो अवधिमा अत्यावश्यकबाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने आदेश जारी गरिएको छ भने सरकारी कार्यालयहरुमाथिको निर्देशन  आलोपालो गरेर सेवा प्रभाव गर्न भनिएको छ ।

सवारी साधन जोरविजोर प्रमाणीमा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासनले जनाएको छ । यता खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न दिइने छ ।
 
सिमानाबाट संक्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ