arrow

स्ववियु सभापतिद्वारा सुकुना क्याम्पसका प्रमुखको कार्यकक्ष तोडफोड

logo
विवेक मिश्र,
प्रकाशित २०७८ वैशाख १२ आइतबार
sukuna-campus.jpg

मोरङ । मोरङको सुन्दरहरैचा स्थित सुकुना बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख चन्द्र राईको कार्यकक्ष तोडफोड भएको छ ।

आइतबार दिउसो स्ववियु सभापति सन्तोष लिम्बुको नेतृत्वमा आएको समूहले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड भएको क्याम्पस प्रमुख राईले जानकारी दिए । विआईसीटीको नयाँ भर्ना विषयलाई लिएर विवाद उत्पन्न भएको क्याम्पस प्रमुख राईले बताएका छन् ।

सुकुना बहुमुखी क्याम्पसमा विआईसीटी विषय अध्ययनको लागी ३० जना विद्यार्थीको मात्र अनुमति रहेको थियो । जति वेला इन्ट्रान्समा ३७ जना विद्यार्थीले नाम निमले तर ३० जनाले मात्र भर्ना हुन पाए । क्याम्पस प्रमुख राईको अनुसार विद्यार्थीको चाप उक्त विषयमा बढेपछि यसै पटक क्याम्पसले अरू ६ सिट थप गरेर सिट सङ्ख्या ३६ पुर्‍याएको थियो ।

३० जना विद्यार्थीको कोटा हुँदा नै इन्ट्रेन्समा नाम निस्किएका विद्यार्थीको सिट सङ्ख्या थप भएपछि भर्ना भएका थिए यसै विषयमा विवाद भएको क्याम्पस प्रमुख राईले बताए ।

तोडफोड पश्चात् सन्तोष लिम्बुले भने सामान्य विवादमा घटना भएको जनाएका छन् । यता क्याम्पस प्रमुख राईले समेत घटना सामान्य भएको बताएका छन् । स्ववियु सभापति र क्याम्पस प्रमुख बिचको विवादले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको सिसाको टेबुल फुटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ