arrow

पशुपतिनाथलाई मात्र किन कोरोना ?

logo
बाबु नेपाली, 
प्रकाशित २०७८ वैशाख १२ आइतबार
pashupatinath-temple.jpg.jpeg


काठमाडौं । कोरोना भाइरसको महामारीबाट अहिलेसम्म नेपालमा २ लाख ९७ हजार ८७ जना संक्रमित भइसकेका छन् । शनिबारमात्र २ हजार ६१९ जना संक्रमित थपिएका छन् । शनिबार १४ जनाको एकैदिन ज्यान गएको छ । जुन ४ महिनापछिको सबैभन्दा बढी हो । 

स्थिति विकराल बन्दै जाँदा ३ हजार १३६ जनाको ज्यान गइसकेको छ । एकैदिन २६ सय भन्दा बढी संक्रमित हुँदा जम्मा ३६८ जना संक्रमणबाट मुक्त भएका छन् । अर्थात् कोरोनाको दोस्रो लहरले संक्रमण ढिलासम्म देखिने हुन्छ । कोरोनामुक्त हुने प्रतिशत निकै कम हुँदै जाँदा सक्रिय संक्रमित बढेर १७ हजार हाराहारीमा पुगिसकेका छन् । 

सबैभन्दा खतरा काठमाडौं उपत्यकामा छ । बाहिरबाट संक्रमित दिनानुदिन भित्रिरहने र यहीं भएका संक्रमितले पनि लापरबाही गरिदिँदा कोरोना दिनानुदिन बढिरहेको छ । सरकारले कुनै पनि शहरमा एक हजार सक्रिय संक्रमित भए लकडाउन लगाउने अवस्था आउने बताएको थियो । 

सरकारले अहिलेसम्म लकडाउन गरेको छैन । जतिसुकै संक्रमित थपिएर स्थिति  भयावह भए पनि लकडाउन गर्ने मनस्थितिमा केपी शर्मा ओली नेतृत्वको सरकार पुग्ने अवस्था देखिएको छैन । हुन पनि दैनिक २६ सय भन्दा बढी संक्रमित थपिँदासमेत सरकार मौन छ । 

सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । तर ढुक्कसँग २५ जनाभन्दा बढी चढेको गाडी चल्न दिन्छ । हवाइजहाज चल्न दिन्छ । कार्यलयहरु चल्न दिन्छ । उद्योग व्यवसाय चल्न दिन्छ । खुलेआम पसलहरु चल्न दिन्छ । 

त्यतिमात्र हैन सरकारले बालुवाटरमै बसेर निर्णय गर्छ । अनि बालुवाटारमै सत्तारुढ दल एमालेको बैठक बस्छ । जहाँ जहिले पनि २५ जना भन्दा बढीकै भेला हुने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भाषणका लागि हिँड्छन् । शिलान्यास र उद्घाटनका लागि जान्छन् । त्यहाँ पनि २५ जना भन्दा निकै धेरे मानिस भएका हुन्छन् । 

अर्थात् सरकारलाई भने कहिल्यै कोरोनाको मापदण्ड लागेन । अरुलाई मास्क लगाउन सिकाउने ओलीले आफूले कहिल्यै पनि पूर्णरुपले मास्क लगाएर कुनै कार्यक्रम सकेनन् । फेरि २५ जनाभन्दा बढी भेला किन हुनु ? 

कोरोनाका कारण सिंहदरबारबाट काम नगर्ने ओलीले बालुवाटारमा भने ताँतीका ताँती मानिसहरुलाई बोलाउने गरेका छन् । तर अचम्म कोरोनाको महामारी जहिले पनि पशुपति नाथ मन्दिरलाई लाग्दै आएको छ । पटक पटक पशुपतिनाथमा मात्र कोरोना किन लाग्छ ? 

कोरोनाको संक्रमण बढ्दै गएपछि शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका मन्दिरमा नित्य पूजा नरोकिने भए पनि त्यहाँभित्र छिर्न सर्वसाधारणलाई भने मनाही गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषको भनाइ छ । त्यसबाहेक कोषसँग कुनै जवाफ छैन । आदेशको पालना गरेपछि कोषले अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द रहने जनाएको छन् । 

कोरोनाले सबैभन्दा प्रभावित काठमाडौंको कुनै स्थल भएको छ भने त्यो पशुपतिनाथ नै हो । भगवानको मन्दिर नै हो । २०७६ को चैत ११ गतेदेखि लगाएको लकडाउन विस्तारै सरकारले असारदेखि खोल्दै गए पनि पशुपतिनाथको मन्दिर भने खोलेन । आन्दोलन चर्कियो । भक्तजनले हारगुहार गरे । अन्ततः वाध्य भएर नौ महिनापछि २०७७ पुस १ गतेदेखि खुलेको थियो । 

अहिले फेरि त्यही पशुपतिनाथको मन्दिर बन्द गरिएको छ । हो सरकारले भक्तजनलाई जोगाउन खोज्यो । राम्रो ग¥यो । कोरोना घटाउनका लागि राम्रो कदम चाल्यो । तर के पशुपति बन्द भएपछि कोरोना रोकिन्छ ? के पशुपतिलाई मात्र लाग्छ कोरोना ? अन्त कतै पनि बन्द गर्नुपर्दैन ? के सरकारको दायित्व यही हो ? के अहिले संक्रमितको गति बढ्दा पनि सरकारले दायित्व बहन गर्नुपर्दैन ? 

पहिले यही कोरोनाको बहानामा अर्बौंको भ्रष्टाचार भएको विषय बाहिरिएको थियो । केही कम्पनी कारबाहीमा पनि परे । नेपाली सेनालाई पनि मुछेर कमजोर बनाउने काम ओली सरकारले गरेकै हो । अब फेरि कहाँ भ्रष्टाचार गर्नका लागि सरकारले योजना बनाइरहेको छ ? के नैतिकता छ भने सरकारले जवाफ दिनुपर्ने हैन ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ