arrow

प्रदेश १ मा थपिए १ सय ६८ संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
Corona-covid-province-1.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा बिहिवार १ सय ६८ कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमा मोरङमा १ सय ८ मध्ये विराटनगरमा ९७, सुनसरीमा २८, झापामा १७, धनकुटामा दुई, तेह्रथुम र उदयपुरमा एक-एक र प्रदेश बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
    
प्रदेश १ मा कोरोना संक्रमितको सङ्ख्या ३१ हजार ७० पुगेको छ भने संक्रमितमध्ये २९ हजार ९३२ जना संक्रमणमुक्त भएको र सक्रिय संक्रमितको सङ्ख्या ६६६ पुगेको छ ।

बिहिवार ६०२ जनाको पिसिआर परीक्षण गर्दा ७२ महिला र ९६ पुरुषमा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ