arrow

सासू–बुहारीले प्रहरीकै अगाडि डोजर जलाए, लिइएन जाहेरी

logo
विवेक मिश्र,
प्रकाशित २०७८ वैशाख ६ सोमबार
dozer-aagalagi-morang.jpg

मोरङ । मोरङको पथरीशनिश्चरे वडा नं ५ मा बाटो खोल्ने क्रममा स्थानीय पदमदेवी उप्रेती र बेनिसा चौलागाई सासू बुहारीले डोजरमाथि आगजनी र तोडफोड गरेका छन् ।

नेपाल सरकारको नक्सामा रहेको बाटो स्थानीय उप्रेती परिवारले भोगचलन गर्दै आएका थिए । हाल बाटो आवश्यक भएका कारण स्थानीय माहाराजथान समितिले बाटो खोल्ने भएपछि विवाद उत्पन भएको थियो ।

पटक पटक वडा र नगरमा बसेको छलफल र बैठकमा उप्रेती परिवारले बाटो नछोड्ने निर्णय भएपछि नगरले वडाको रोहवरमा बाटो खोल्ने निर्णय गरेको थियो ।

नगरको निर्णय अनुसार बैशाख ४ गते स्थानीय, जनप्रतिनिधि र प्रहरी प्रसासनले बाटो खोल्न उक्त स्थानमा पुग्दा उप्रेती सासू बुहारीले डोजर माथि तोडफोड र आगजनी गरेका थिए ।

मध्यान्ह १२ बजे घटना भएपछि प्रहरीले अपरान्ह ४ बजे जाहेरीका आधारमा सासू बुहारीलाई पक्राउ त गर्यो तर राति ८ बजे कुनै छलफल र सहमति बेगर उनीहरुलाई छाडिदिएको छ । 

यता कारबाहीसहित क्षतिपूर्तिको माग गरेका वडाध्यक्ष जोगबहादुर धिमाल, उपप्रमुख यमुना विष्ट बास्तोला र स्थानीयले दिएको जाहेरी समेत प्रहरीले बेवास्ता गरेको छ । घटना भएकै दिन र भोलिपल्ट ईलाका प्रहरी कार्यलयमा पथरी पुगेर दिएको जाहेरीसमेत दर्ता नगरेको वडा सदस्य रेवतबहादुर बस्नेतले प्रहरी कार्यलयमै दुखेसो पोखेका छन् ।

 भुपाल थापाको सिमाना पर्ने रजत जयन्ती मार्गबाट बक्रबाध जाने सरकारी बाटो उप्रेती परिवारले भोग चलन गर्दै आएका हुन् । थापाको सिमाना पर्ने सरकारीबाटो निर्माण गर्ने क्रममा उप्रेती परिवारले पटक पटक बिबाद गर्दै आएका थिए ।

शनिबार बाटो खन्ने क्रममा डोजरमा आगजनी र तोडफोड हुँदा २ लाख २० हजारको क्षति भएको डोजर संचालक संजय शाहले बताए ।
 
प्रहरी प्रशसनकै अगाडि डोजरमाथि आगजनी र तोडफोड हुँदासम्म प्रहरीले जाहेरी नलिनु कारबाह िप्रकृया अगाडि नबढाउनुले प्रहरीबाट न्याय पाइन्छ भन्ने कुरामा शंका उब्जिएको छ ।

इलाका प्रहरी कार्यलयका पथरीका प्रहरी उपरीक्षक कृष्ण खड्काले भने आगजनी हुन खोज्दा प्रहरीले जोगाएको र यस विषयमा प्रकृया अगाडि बढिरहेको बताए । प्रहरी उपरीक्षक खड्काले यस विषयमा थप बोल्न नमिल्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ