arrow

कोरोना रोक्न भन्दै विद्यालय बन्द गर्ने प्रस्तावप्रति प्याब्सनको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
Public_school_1618134814.jpeg

काठमाडौं । सरकारले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले आपत्ति जनाएको छ ।

कोरोना भाइरसको दोस्रो लहर रोक्न भन्दै सरकारले ठूला सहरका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएपछि प्याब्सनले विरोध जनाएको हो ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय नियमित रुपमा सञ्चालन हुन दिनुपर्ने र त्यसका लागि सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने माग राखेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकभरि कोरोना संकमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बन्धित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केही निश्चित समयका लागि मात्र प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरू अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सृजना गरिदिनहुन नेपाल सरकारसँग माग गर्दछौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा प्रस्ताव लगेको थियो । तर उक्त प्रस्ताव अघि बढाइएको छैन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ